बलेवा । बाग्लुङको बरेङ गाउँपालिकाले कोभिड कहरले विदेशबाट फर्केका युवालाई काममा सहभागी गराउने गरी उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।
गाउँपालिकाले पूर्वाधारतर्फ १ सय ८० योजना बनाएर काम गर्दैछ भने प्रत्येक वडा र टोलमै पुगेर योजना सम्झौता गरिएको हो । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले कृषि, पशु र शिक्षामा प्राथमिकता दिइएको बताए।
उनले पूर्वाधारका भन्दा सफ्टवयरका काम निरन्तरता दिएको जनाउँदै यो वर्ष कोभिड प्रभावितलाई रोजगारीमा जोड्दै उत्पादन वृद्धि गर्ने योजनामा प्राथमिकता दिइएको जनाए । पालिकाले विद्यालय भवन निर्माणदेखि शौचालय र तारबारका काम समयमै सक्ने योजना पनि बनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया