दमौली । विजयादशमीका दिन आज पनि तनहुँका सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले जिल्लामा भइरहेका विकास निर्माणका कार्यको अनुगमन गरेका छन् । सङ्घीय सरकारबाट बजेट विनियोजन भई शुरु भएको मोटरमार्गको कालोपत्रको सांसद श्रेष्ठले अनुगमन गरेका हुन् ।
उनले व्यास नगरपालिका–१ स्थित गल्वुवेशी मोटरमार्गको अनुगमन गर्दै हालसम्मको प्रगति विवरण लिनुभएको छ । उक्त ठाउँमा आर्थिक वर्ष ०७६/७७ मा विनियोजित दुई करोडको लागतमा एक हजार तीन सय मिटर बाटो कालोपत्रेको काम भइरहेको छ । विनियोजित बजेटबाट भइरहेको कामको बारेमा जानकारी लिन अनुगमन गरेको सांसद श्रेष्ठले बताए ।
सडक कालोपत्रको ठेक्का हेजल कन्ट्रक्सनले पाएको छ । मोटरमार्ग कालोपत्रे भएपछि स्थानीयवासीले हिलो र धुलोबाट मुक्ति पाउने स्थानीय ज्ञानेन्द्र बसौलाले बताए । उनका अनुसार पृथ्वीराजमार्गको गल्वुवेशीचोकदेखि लिचीघारीसम्म सडक कालोपत्रे हुनेछ ।
प्रदेश सांसद कोरोनामुक्त
गण्डकी प्रदेशका प्रदेश सांसद रामबहादुर गुरुङ कोरोना संक्रमणमुक्त हुनुभएको छ । गत असोज २९ गते कोरोना संक्रमित भएका सांसद गुरुङ कोरोनामुक्त भएका हुन्। उनले यस महामारीलाई खेलाँचीका रुपमा नलिन आग्रह पनि गरका छन्। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया