काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६८ हजार ६ सय ६८ रहेको छ ।
कुल संक्रमित मध्ये ७२.९ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ६१३० जना
प्रदेश २ मा १४८५१ जना
वाग्मती प्रदेश २३१०६ जना
गण्डकी प्रदेशमा ३९२५ जना
प्रदेश ५ मा १००४२ जना
कर्णाली प्रदेशमा ३३१७ जना
सुदूरपश्चिम प्रदेशमा ७२९७ जना
बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार २०९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २५ हजार ७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १४ हजार ४४१ जना र संस्थागत आईसोलेसनमा १० हजार ५९६ जना छन् । तिमध्ये २३३ जना संक्रमितको आईसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार १६४ जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार मनाङ, मुस्ताङ, सोलुखुम्बु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ५७८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको हो ।
हिजो (मंगलवार) नेपालमा १ हजार ५५१ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार ३४० जना संक्रमणमुक्त भएका थिए भने ९ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया