बालिका बलात्कारपछि हत्या प्रकरणमा प्रहरीमा जाहेरी

बझाङको मष्टा गाउँपालिकामा १२ वर्षिया एक बालिकाको बलात्कार पछि हत्या भएको भन्दै बालिकाका हजुरबुवाले किटानी जाहेरी दिएका छन् । बुधबार साँझ गोठमा गाईबस्तुलाई घाँस हाल्न हिँडेकी बालिकाको जबरजस्तीकरणी गरी हत्या गरेको भन्दै शुक्रबार मृतक बालिकाका हजुरबुवाले जिल्ला प्रहरी कार्यालय बझाङमा किटानी जाहेरी दिएका हुन् ।

मृतकका हजुरबुवाले घटना पश्चात प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका मष्टा घर भएका राजेन्द्र बोहराको नाममा जवरजस्तीकरणी गरी हत्या गरेको अभियोगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी रुपक खडकाले बताए ।

किटानी जाहेरी दर्ता भइसकेको हुँदा घटनाको तिब्र रुपमा अनुसन्धान भइरहेको भन्दै उनले अपराधी उम्केर भाग्न नसक्ने डिएसपी खड्काको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?