गोरखा । दुईदिनदेखि सुत्केरी व्यथा लागेकी विकट उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–२ लि गाउँकी एक गर्भवतीको हेलिकप्टर उद्धार गरिएको छ ।
बिहीवारदेखि सुत्केरी व्यथा लागेकी ३० बर्षीया हिसे लामाको आज उद्धार गरि काठमाडौंस्थित प्रसूति गृहमा पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।
गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि पठाइएको हो । “गाउँपालिकामा आज बिहान मात्रै सुत्केरी व्यथा लागेको भन्ने खबर आयो”, उनले भने, “हामीले जिल्ला प्रशासन कार्यालय गोरखासँग समन्वय गरेर गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरेर सुत्केरी गराउन अस्पतालमा पठाएका हौ ।”
लामाले पहिलो बच्चा पनि शल्यक्रिया गरि जन्माउनु भएकाले पनि घरमै सुत्केरी गराउन नमिल्ने स्वास्थ्यकर्मीले सुझाव दिदै आएका थिए । उहाँले घरमै सुत्केरी हुने प्रयास गरेका थिए । “गर्भवती महिलाको पहिलो बच्चा पनि शल्यक्रिया गरी जन्माउनु भएकाले अहिले चिकित्सकले अस्पतालमा सुत्केरी गराउन सुझाव दिएको भएपनि घरमै बस्नु भएको रहेछ”, उनले भने, “‘अहिले लामो समयसम्म व्यथा लागेर सुत्केरीको अवस्था जोखिमपूर्ण भएकाले उद्धार गरिएको हो ।”
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार सेवा कार्यक्रम अन्तर्गत सुत्केरी उनको उद्धार गरिएको हो ।
अत्यन्तै विकट क्षेत्र भएकाले त्यस क्षेत्रका बिरामीलाई गोरखा अस्पतालमा उपचारका लागि ल्याउन असम्भव जस्तै रहेको छ । “कि हेलिकप्टरबाट ल्याउनु पर्यो”, प्रशासकीय अधिकृत श्रेष्ठले भने“ हिडेर आउन ४÷५ दिनसम्म लाग्ने भएकाले गर्भवती महिलाहरुलाई सुत्केरी गराउन परे हेलिकप्टर चार्टर गरेर काठमाडौ अथवा पोखरा पठाउनुको विकल्प हुँदैन ।” रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया