काठमाडौं । उत्तर कोरियाका शासक किम जोंग उनको विषयलाई लिएर ह्वाइट हाउसकी पूर्व प्रेस सेक्रेटरीले अचम्मको खुलासा गरेकी छन् ।

पूर्व प्रेस सेक्रेटरी सारा स्यान्डर्सले आफ्नो नयाँ कितावमा किम जोंग उनले एक पटक उनलाई फ्लर्ट गर्ने कोशिष गरेको बताएकी छन् ।

जून २०१८ मा जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर समिटमा भाग लिन पुगेको बेला सारा पनि गएकी थिइन् ।

साराका अनुसार, किमले उनले आँखा झिम्काएका थिए । जब साराले पछि ट्रम्पलाई यो कुरा बताईन् तब उनले पनि यसलाई मजाक बनाईदिए ।

ट्रम्पले हाँस्दै भने, ‘किमले तिमीलाई फ्लर्ट गर्ने कोशिस गरे, उनले यस्तो गरे, उनले तिमीलाई लाइन मारे ।’

उनले यो कुरा आफ्नो पुस्तक स्पीकिंग फर माइसेल्फमा लेखेकी छन् ।

एजेन्सीको सहयोगमा




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया