राजविराजका पूर्वउपप्रधानपञ्च उपाध्यायको निधन

सप्तरी । राजविराज नगरपालिकाका पूर्वउपप्रधानपञ्च मुरारी उपाध्यायको ७६ वर्षका उमेरमा आज निधन भएको छ । नेपाली कांग्रेस सप्तरीका पूर्वक्षेत्रीय सभापतिसमेत रहेका उपाध्यायको उपचारका क्रममा काठमाडौंंको ग्राण्डी हस्पिटलमा मृत्यु भएको उनको परिवारका सदस्यले जनाएका छन् ।

बिद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उपाध्याय विसं २०४४ वैशाखमा भएको निर्वाचनमा राजविराजको उपप्रधानपञ्चमा निर्वाचित भएका थिए । विसं २०४३ साल चैतमा भएको निर्वाचनमा राजविराजका चार वडामा धाँधली भएको जनाउँदै अनशनलगायत आन्दोलन सफल भएपछि २०४४ वैशाखमा राजविराजका सबै वडामा पुनःनिर्वाचन भएको थियो ।

बिरामीको सेवा र अस्पतालमा कुरुवा बस्न अन्तिम समयसम्म अग्रसर रहने उपाध्याय निडर, क्रान्तिकारी र सामाजिक व्यक्तित्व भएको उनीसँगै प्रधानपञ्च बनेका गोविन्द सिंहले बताए ।

ज्वरो र निमोनिया भएपछि एक साताअघि उपचारका लागि उनी काठमाडौं मा रहेका उपाध्यायका श्रीमती, दुई छोरा र ३ छोरी छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?