कोरोनाको कारण एकै पटक ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको कारण थप ११ जनाको मृत्यु भएको छ ।

त्यससँगै मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका १र१ जना रहेका छन् ।

मृत्यु भएकामध्ये १ जना महिला र १० जना पुरुष रहेको पनि मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?