काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व ग्रस्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ७ लाख ९६ हजार ९९० जनाको मृत्यु भएको छ भने २ करोड २८ लाख ५५ हजार ८१० जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ५५ लाख ११ हजार ६१२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ८३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच नेपाल सक्रिय कोरोना संक्रमितको हिसाबले विश्वको ४२ औँ स्थानमा रहेको छ । नेपालमा अहिलेसम्म ११ हजार ५५५ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा अहिलेसम्म २९ हजार ६४५ जनालाई संक्रमण भएको छ भने १२६ जनाको मृत्यु भएको छ । त्यस्तै १७ हजार ९६४ जना संक्रमण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया