गोर्खा वेल्फेयरको सहयोगमा विद्यालय भवन

झापा । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको दुई करोड ४३ लाख बढीको सहयोगमा झापाको मेचीनगर नगरपालिका वडा नं. १२ मा सरस्वती माध्यमिक विद्यालयको १६ कोठे भवन निर्माण भएको छ । मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले कोरोनाको कहरमै भए पनि बिहीवार एक समारोहबीच भवनको उद्घाटन गरे । उद्घाटनसँगै ट्रष्टले विद्यालयलाई भवन हस्तान्तरण गरेको छ ।

भवनमा ट्रष्टको दुई करोड १७ लाख ३ हजार ३३७ रुपैयाँ र समुदायको सहभागिताबाट २६ लाख ६७ हजार २०० रुपैयाँ गरी कूल दुई करोड ४३ लाख ७० हजार ५३७ रुपैयाँ लगानी भएको विद्यालय सञ्चालक समितिका अध्यक्ष सूर्यप्रकाश सापकोटाले बताए।

भवनमा १६ कोठा र २ तला रहेको ट्रष्टका नेपाल प्रतिनिधि मोेहन शर्माले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?