काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७६ हजार ६ सय ९५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार ९ सय ८७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५७ लाख १५ हजार ९ सय १८ पुगेको छ । हालसम्म ३० लाख ६४ हजार ६ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ८ सय ८४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ५८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १० हजार १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ३४ लाख ७० हजार ५ सय १७ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ११ हजार ४ सय ४३ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २६ लाख १५ हजार २ सय ५४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५४ हजार ९ सय ६३ पुगेको छ । बितेको २४ घण्टामा ६७ हजार ८ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २९ लाख ३ हजार ६ सय ७६ पुगेको छ । हालसम्म २१ लाख ५७ हजार १ सय ८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय ६९जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १६ हजार ९९ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ७ सय ८५ जनामा कोरोना पुष्टि भएको र १ सय १० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ४२ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ५५ हजार ५ सय १३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ४ सय २३ पुगेको छ । हालसम्म ५ लाख ९६ हजार ६० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ९१ हजार ४ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ९३ हजार ७ सय ७२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड २७ लाख २६ हजार ३ सय ३३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५४ लाख ७ हजार १ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ९ सय १० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया