३ दिनमा साउदीबाट १६८५ नेपाली स्वदेश फर्किए, ५ शव पनि पठाइयो

साउदी । पछिल्लो ३ दिनमा साउदी अरबबाट १६८५ नेपाली स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतवासका अनुसार पछिल्लो चरणको रियाद र दमामबाट भएका चार्टर्ड उडानमार्फत् कूल १६८५ जना नेपाली नागरिक स्वदेश फर्किएका हुन् ।

राजधानी रियादबाट नेपाल एयरलाइन्सको उडानबाट अगष्ट ५, ६ र ७ मा क्रमशः २५९, २६१ र २५८ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।

त्यसैगरि, दमामबाट हिमालय एयरलाइन्सको उडानमार्फत् अगष्ट ५, ६, ७ र ८ मा क्रमशः १५४, १५४, १५४, १५४ र नेपाल एयरलाइन्सको अगष्ट ५ र ७ को उडानबाट १४४ र १४७ जना नेपालीहरू स्वदेश फर्किएका छन् । यसका साथै ५ वटा मृतक नेपालीका शवहरु पनि यी उडानबाट नेपाल पठाइएको दूतावासले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?