नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? समग्र विवरणसहित

काठमाडौं । नेपालमा आज (शनिवार) थप ३७८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५९२ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ जना रहेको छ । नेपालमा बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट ४ सय ९९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । त्यससँगै कोरोना मुक्त हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा देशका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट ७ हजार ७ सय ८८ गरी आजसम्म ४ लाख ३५ हजार २ सय ८९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

हाल देशभरीका क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेका छन ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र थप ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ । हिजो मात्र उपत्यकाका ३ जिल्लामा १०६ जनामा कोरोना संक्रमण पष्टि भएको थियो । त्यस्तै आज काठमाडौंका ५६ गरि उपत्यकाभर ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हिजो (शुक्रवार) ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

कुन जिल्लामा कति थपिए संक्रमित ?

विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा महोत्तरीका २ जना, सुनसरीका १० जना

कोशी अस्पताल, विराटनगर मा गरिएको परीक्षणमा मोरङका २२ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा मोरङका २६ जना, सप्तरीका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालार जनकपुरधाममा गरिएको परीक्षणमा धनुषाका १६ जना, महोत्तरीका १४ जना र सर्लाहीका ३२ जना

नारायणी अस्पताल, बीरगंजमा गरिएको परीक्षणमा बाराका २ जना र पर्साका ५३ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवन २, पर्साका १ जना, सर्लाहीका १ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा गरिएको परीक्षणमा, बारा ४ जना, मकवानपुरका ६ जना, रौतहटका ३ जना, सर्लाहीका ३ जना, सिन्धुलीका १ जना

धुलिखेल अस्पताल, धुलिखेलमा गरिएको परीक्षणमा काभ्रेपलाञ्चोकका ७ जना, रामेछापका ४ जना,

पाटन अस्पताल, ललितपुरमा गरिएको परीक्षणमा बाराका १ जना, धादिङका १ जना, धनुषाका २ जना, काठमाडौंका ५ जना, सिन्धुलीका १ जना, ललितपुरका ३ जना

वीर अस्पताल, काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २ जना, दोलखाका २ जना, काठमाडौंका १ जना, महोत्तरीका १ जना, नुवाकोटका १ जना, रामेछापका १ जना, रौतहटका १ जना

त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाडौमा गरिएको परीक्षणमा धादिङका १ जना, काठमाडौं १ जना

नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २९ जना

स्टार अस्पताल प्रयोगशाला, सानेपामा गरिएको परीक्षणमा काठमाडौंका १२ जना

विध ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना

नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, कंचनपुरका १ जना, काठमाडौंका २ जना, मोरङका १, जना पर्साका १ जना

प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरामा गरिएको परीक्षणमा बागलुङका १३ जना, कास्कीका ३ जना, म्याग्दी का १ जना,
स्याङ्गजाका ७ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही दाङमा गरिएको परीक्षणमा बाँकेका ४९ जना, रुकुम पश्चिमका १ जना, बर्दियाका १ जना

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ३ जना,

चौरजहारी नगरपालिका प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका ३ जना

सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका ४ जना, कन्चनपुरका ३ जना

 

काठमाडौंकी १ महिलासहित ३ जनाको कोरोनाको कारण मृत्यु

नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७३ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौंका १ जना महिला, पर्साका १ पुरुष र मोरङका १ पुरुष रहेका छन् ।

काठमाडौं जिल्ला टोखा-६ वस्ने वर्ष ४१ की एक महिलाको मिति २०७७ साउन २३ गते विहान ११ः२३ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा दुखद निधन भएको छ । निज साउन १८ गते कोरोना पुष्टी भई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियामा उपचाररत रहेकी थिइन् । निज पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी समेत रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं ३ छपकैया बस्ने वर्ष ७४ का एक पुरुषको मिति २०७७ साउन २३ गते १ः३० बजे गण्डक अस्थायी कोभिड अस्पताल, विरगंजमा निधन भएको छ । मधुमेह तथा दमका रोगी उनी केहि दिन अघि देखी ज्वरो, खोकी तथा स्वाशप्रश्वासमा समस्याले ग्रसित भई हिजो साउन २३ गते अस्पतालको आकस्मिक विभागमा आएका उनलाई आधा घण्टा पछि मृत घोषित गरिएको थियो । मृत्यु पछि लिइएको स्वाव नमुनामा उनको कोरोना पुष्टी भएको ।

त्यस्तै मोरड जिल्ला विराटनगर महानगरपालिका वडा नं. ९ वस्ने वर्ष ५८ का एक पुरुषको मिति २०७७ साउन २३ गते विहान ९ः१५ वजे कोशी अस्पतालमा निधन भएको छ । उच्च रक्तचापका रोगी उनी निमोनिया, ज्वरो तथा श्वास प्रश्वासमा कठिनाई भई केहि दिन अघि देखी सप्तकोशी अस्पतालमा उपचार गराइरहेकोमा विरामीको अवस्था विग्रदै गएपछि उनलाई कोशी अस्पतालमा रेफर गरिएको थियो । उनलाई आइसोलेसनमा उपचार गर्ने क्रममा स्वाव नमुना संकलन गरी प्रादेशिक प्रयोगशाला विराटनगरमा जांच गर्दा साउन २३ दिउसो कोरोना पुष्टी भएको थियो ।

 

हालसम्म कुन प्रदेशबाट कति कोरोना मुक्त भइ घर फर्किए ? (पछिल्लो तथ्यांकसहित)

नेपालमा बितेको २४ घण्टामा थप ४ सय ९९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या १६ हजार ३ सय ३१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म कोरोना मुक्त हुनेमा प्रदेश १ बाट ९ सय ४२ जना, प्रदेश २ बाट ३ हजार ३ सय २६ जना, बाग्मती प्रदेशबाट ६ सय जना रहेका छन् । त्यस्तै गण्डकी प्रदेशबाट १ हजार ४ सय ४१ जना, प्रदेश नं ५ बाट ४ हजार १ सय ७९ जना, कर्णाली प्रदेशबाट १ हजार ८ सय ८७ जना र सुदूरपश्चिम प्रदेशबाट ३ हजार ९ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

काठमाडौं उपत्यकामा थपिएका संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ भने ६२ जना संक्रमित थपिएका छन् ।

मृत्यु हुने काठमाडौंकी एक महिला रहेकी छन् भने काठमाडौंमा ५६, भक्तपुरमा ३ र ललितपुरमा ३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जना, पाटन अस्पताल, ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ५ जना र ललितपुरका ३ जना, वीर अस्पताल, काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २९ जना, स्टार अस्पताल प्रयोगशाला, सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १२ जना, बिध ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका २ जना र भक्तपुरका ३ जनामा गरि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

 

कोरोना संक्रमितहरूको संख्या शुन्य भएका यी ७ जिल्ला

नेपालको ७७ जिल्लामध्ये हाल ७ जिल्लामा कोरोना संक्रमित छैनन् । ७ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

  • भोजपुर
  • संखुवासभा
  • मनाङ
  • मुस्ताङ
  • खोटाङ
  • डोल्पा
  • हुम्ला

 

काठमाडौंसहित यी ४ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

  • पर्सा
  • महोत्तरी
  • रौतहट
  • काठमाडौं

 

कुन प्रदेशमा कति जना क्वारेन्टाईनमा ? (पछिल्लो विवरणसहित)

नेपालमा हाल क्वारेन्टाईनमा रहेका व्यक्तिहरूको संख्या १० हजार ७ सय ९२ रहेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा .डा. जागेश्वर गौतमले नेपालमा १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा रहेका जानकारी दिए ।

प्रदेश १  – २२४९
प्रदेश २ – १४४३
वागमती –  ९५२
गण्डकी – २८३४
प्रदेश ५ – १५०४
कर्णाली –  ४८३
सुदुरपश्चिम – १३२७

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?