कुन प्रदेशमा कति जना क्वारेन्टाईनमा ? (पछिल्लो विवरणसहित)

काठमाडौं । नेपालमा हाल क्वारेन्टाईनमा रहेका व्यक्तिहरूको संख्या १० हजार ७ सय ९२ रहेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा .डा. जागेश्वर गौतमले नेपालमा १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा रहेका जानकारी दिए ।

प्रदेश क्वारेन्टाईनमा भएका व्यक्तिहरूको संख्या
प्रदेश १  – २२४९
प्रदेश २ – १४४३
वागमती –  ९५२
गण्डकी – २८३४
प्रदेश ५ – १५०४
कर्णाली –  ४८३
सुदुरपश्चिम – १३२७

नेपालमा आज (शनिवार) थप ३७८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५९२ पुगेको छ ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?