काठमाडौं । नुवाकोट जिल्लामा एकैदिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । बितेको २४ घण्टामा मात्र नेपालमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ रहेको पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया