काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४६४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ ।
देशका विभिन्न प्रयोगशालमा बितेको २४ घण्टामा ७ हजार ९ सय २६ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै हालसम्म ४ लाख २७ हजार ५ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा कोरोनाको कारण थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पर्सा र सर्लाही र सिरहाका १/१ जना रहेका छन् । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
नेपालमा हिजो (बिहीवार) ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्याधिक मात्रामा बढेको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ९२ जना काठमाडौं, १० जना ललितपुर र ४ जना भक्तपुरका रहेका छन् ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परिक्षणमा झापाका १ जना र सुनसरीका १ जना
कोशी अस्पताल प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २९ जना
प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३५ जना र झापाका १ जना
गजेन्द्र नारायण सिंह राजविराज प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १९ जना
प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १० जना र सर्लाहीका ३ जना
नारायणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा बाराका ४ जना, पर्साका १३४ जना र रौतहटका ४ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिन्धुपानलचोकका १जना, ललितपुरका ३ जना, काठमाडौंका १४ जना, नुवाकोका ८ जना र सर्लाहीका ६ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, बाराका २ जना, कैलालीका २ जना, काठमाडौंका ३९ जना, सर्लाहीका २ जना, ललितपुरका ३ जना, पर्साका २ जना रौतहटका १ जना र तनहुँका २ जना
किटजन्य रोग तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा बाराका २ जना
पाटन अस्पताल ललितपुरका प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, धनुषाका १ जना, भक्तपुरका १ जना, ललितपुरका २ जना र कास्कीका १ जना
वीर अस्पताल काठमाडौं प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १ जना, काठमाडौंका ४ जना, बाराका १ जना र बर्दियाका १ जना
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना,
नेपाल प्रहरी प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ७ जना
स्टार अस्पताल प्रयोगशाला सनेपामा गरिएको परीक्षणमा काठमाडौंका ११ जना, ललितपुरका १ जना, पर्साका १ जना र सर्लाहीका १ जना
विद ल्याब काठमाडौंमा गरिएको परीक्षणमा ललितपुरका १ काठमाडौंका १ जना
ह्याम्स अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४ जना
नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, काठमाडौंका १जना, स्याङजाका १ जना र पर्साका १ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा कास्कीका २ जना
प्रादेशीक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १ जना, कास्कीका ८ जना
प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १ जना र नवलपरासीका २ जना
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २८ जना र बर्दियाका १४ जना
सुर्खेत प्रादेशीक अस्पताल सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणमा कालीकोटका ४ जना र सुर्खेतका १ जना
सुरिया हेल्थ केयर काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना
सेती प्रादेशीक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा अछामका १ जना, कैलालीका १७ जना र कन्चनपुरका १ जना
कुन प्रदेशमा कति छन् सक्रिय संक्रमित ?
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ । जसमध्ये प्रदेश १ मा ४२५, प्रदेश २ मा २८३९, बाग्मती प्रदेशमा ९४३, गण्डकी प्रदेशमा २७६, प्रदेश ५ मा ३७६, कर्णाली प्रदेशमा २३१ र सुदूरपश्चिम प्रदेशमा १२४० जना रहेका छन् ।
त्यस्तै हाल १० हजार २ सय ७ जना क्वारेन्टाइनमा रहेका छन् ।
नेपालमा कोरोनाको कारण एकैपटक ५ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा थप ५ जनाको कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका ३ जना, सिरहा र सर्लाहीका १/१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं ९ माइस्थान वस्ने वर्ष ४५ का एक पुरुष को मिति २०७७ साउन २२ गते दिउंसो ३ः ३० बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा निधन भएको हो । मधुमेह तथा उच्च रक्तचापका विरामी उनी श्वासप्रश्वासमा समस्या भई स्टार अस्पतालमा उपचार गराइरहेकोमा साउन १७ गते कोरोना पुष्टी भएकाले थप उपचारका लागी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा रेफर भई आइसियु मा उपचाररत थिए ।
त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं ११ श्रीपुर वस्ने वर्ष ७९ का एक पुरुषको मिति २०७७ साउन २० गते राती घरमै दुखद निधन भएको छ । निधन पछि साउन २१ गते नारायणी अस्पतालको प्रयोगशालामा निजको स्वाव नमुना परिक्षण गर्दा साउन २२ गते कोरोना पुष्टी भएको ।
त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं ११ श्रीपुर वस्ने वर्ष ५७ का एक पुरुषको मिति २०७७ साउन २२ गते विहान ९ बजे गण्डक अस्थायी कोभिड अस्पतालमा दुखद निधन भएको छ । मधुमेह, उच्च रक्तचाप तथा मुटुका रोगी उनी उच्चज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या लिई मिति २०७७ साउन २० गते अस्पताल भर्ना भई भेन्टीलेटरमा उपचार लिइ रहेकोमा साउन २१ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा साउन २२ गते कोरोना पुष्टी भएको थियो ।
त्यस्तै सिरहा जिल्ला गोलबजार नगरपालिका वडा नं १२ वस्ने वर्ष २५ का एक पुरुषको मिति २०७७ साउन २२ गते राती १०ः ४५ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुखद निधन भएको छ । मृगौलाका विरामी उनी जनकपुर अस्पतालबाट २०७५ असार १८ देखी डाइलाइसिस गरिरहेका र उनको २०७७ साउन १९ गते उनको स्वाव नमुना संकलन गरी परिक्षण गर्दा साउन २१ गते कोरोना पुष्टी भए पछि थप उपचारको लागी साउन २२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा रेफर गरिएको थियो ।
त्यस्तै सर्लाही जिल्ला वसन्तपुर स्थायी घरभएका वर्ष ४५ का एक पुरुषको मिति २०७७ साउन २३ गते विहान ८: ४१ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुखद निधन भएको छ । गत साउन १९ गते कुकुरले टोकी अस्पतालमा भर्ना भएका उनलाई रेविजको शंका गरिएको थियो । उनको स्वाव नमुना संकलन गरी परिक्षण गर्दा आजै कोरोना पुष्टी भएको ।
शुक्रवार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिए, कहाँ कति ?
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा शुक्रवार एकैपटक १०६ जना संक्रमित थपिएको जानकारी दिए ।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ९२, ललितपुरका १० र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ र भक्तपुरका १, ह्याम्स हस्पिटलमा गरिएको स्वाब परीक्षणमा काठमाडौका ४, बिध ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका २ र ललितपुरका १, स्टार अस्पताल प्रयोगशाला सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ११ र ललितपुर १, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ७, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १, वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४, पाटन अस्पताल, ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ५, ललितपुर २ र भक्तपुर १, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ३९, भक्तपुर २ र ललितपुर ३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १४, ललितपुरका ३ र सोरिया हेल्थ केयर काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४ जनामा गरि काठमाडौंमा आज मात्रै ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका यी ४ जिल्ला
नेपालका ४ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
- पर्सा
- महोत्तरी
- रौतहट
- काठमाडौं
एक जना पनि कोरोना संक्रमित नभएका यी ६ जिल्ला
नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया