काठमाडौं । अन्तर्राष्ट्रिय समुदायसँग चीनको उत्पीडनबाट मुक्ति पाउन भन्दै भारतीय, तिब्बतीयन, भियतनामी र ताईवानका प्रवासीहरुले शनिवार टोरन्टोमा प्रदर्शन गरेका छन् ।
उक्त विरोध प्रदर्शन क्यानडा, हंगकंग, बंगलादेश, माइनोटरी राइट्स अलायन्स, भारतीय, तिब्बतीयन, भियतनामी र ताइवान प्रवासीले गरेका थिए । उक्त प्रदर्शनमा प्रदर्शनकारीले आ- आफ्नो देशका झण्डा समातेर प्रदर्शन गरेका थिए ।
साथै उनीहरुले चीन सरकारविरुद्ध नाराजुलुस लगाएका थिए । उनीहरुले लोकतन्त्रको लागि लडाईं, श्रम रोकनको लागि सहयोग गरौँ जस्ता पोस्टर हातमा बोकेर चीनको बिरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया