नेपाल र श्रीलंकामा चीनले हस्तक्षेप बढायो : अमेरिका

एजेन्सी। अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका दक्षिण र मध्य एशियाका वरिष्ठ निर्देशक लिसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप बढाएको दाबी गरेकी छिन् ।
कर्टिसले एक कार्यक्रममा बोल्दै छिमेकी देशहरूमा चीनको बढ्दो हस्तक्षेप र रणनीतिबारे विशेषन भैरहेको पनि बताईन । पछिल्लो केही महिनादेखि चीनले छिमेकी मुलकमा हदैसम्मको हस्तक्षेप गरिरहेको उनको दाबी छ।

उनले भनिन्, ‘चीनले आफ्ना छिमेकीहरूको सार्वभौमिकतामाथी हमला बोलेको उदाहरणहरू देख्छौँ, मे महिनातिर चिनियाँ सरकारी मिडियाले नेपालको सार्वभौमिकताको प्रतीक माउण्ट एभरेष्ट चीनको हो भनेर आलेख छापेको थियो । त्यस्तै, उसले पूर्वी भूटानको पनि केही क्षेत्रमाथि दाबी गरेको थियो ।’

नेपालसंगै श्रीलंकामा पनि चीनले ब्यापारको बहाना आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको पनि खुलासा गरिन्।

उनले नेपाललगाएतका चीनका छिमेकी मुलूकलाई सचेत रहन आग्रह समेत गरेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?