बलिउड महानायक अमिताभ बच्चन कोरोना संक्रमण मुक्त

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनको कोरोना पछिल्लो कोरोना रिपोर्ट आएको छ ।

उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनका छोरा अभिषेकले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् ।

अमिताभ बच्चनको परिवारका चार जनालाई कोरोना संक्रमण भएकोमा बुहारी तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या यस अगाडि नै डिस्चार्ज भएका छन् ।

अभिषेकको भने अहिलेसम्म केहि जानकारी आएको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?