काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ५ हजार ७ सय ३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ७९ लाख ९७ हजार ३ सय ७८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड १२ लाख ६० हजार ३ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ५ सय ९७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५७ हजार २ सय १४ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २७ हजार २ सय ७४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४७ लाख ३३ हजार १ सय ६३ पुगेको छ । हालसम्म २३ लाख ३७ हजार ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ६ सय ८५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ६७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ९ हजार ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २६ लाख ७५ हजार ६ सय ७६ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ९२ हजार ७ सय ९ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १ लाख ४ हजार ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय २१ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७ हजार ३ सय ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा ५३ हजार ७ सय जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ लाख ५० हजार ७ सय ५४ पुगेको छ । हालसम्म ११ लाख ४५ हजार ३ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८ सय ४५ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ ५८ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ४ सय ६२ जनामा कोरोना पुष्टि भएको र ९५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ४५ सय ४ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ४६ हजार ५ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ पुगेको छ । हालसम्म ४ लाख ९३ हजार १ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा १९ हजार २ सय १७ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ४ लाख १४ हजार ७ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ८७ हजार १ सय २७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय १४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया