चीनले जापानमा हस्तक्षेप बढाउन सक्ने भन्दै अमेरिकी कमाण्डले जापानलाई भन्यो- ‘सतर्क रहनु’

काठमाडौं । जापानस्थित अमेरिकी कमान्डले जापानलाई सहयोग गर्ने बताएको छ ।

जापान र चीनबीचको पूर्वी चीनियाँ सागरमा जहाजहरूको आक्रमणमा अमेरिकी कमान्डले जापानलाई साथ दिने बताएका छन् ।

लेफ्टिनेन्ट जनरल केभिन स्नाइडरले बुधवार एक न्यूज ब्रीफिंगमा बोल्दै जापानलाई साथ दिने कुराको जानकारी दिएका हुन् ।

उनले चीनले अब माछा मार्ने समय आएको भन्दै त्यहाँ चिनियाँ गतिविधि बढाउने हुनाले सतर्क रहन आग्रह गरेका हुन् ।

उनले भने, “ताइवानको सीमा नजिकै रहेका टापुहरूमा कोस्टगार्ड र पीपुल्स लिबरेशन आर्मीहरु नेभली जहाजहरूको समर्थित टोलीको आगमन देख्न सकिन्छ ।”

स्नाइडरले सेन्काकस टापुलाई उधृत गर्दै भनेका छन्, संयुक्त राज्य अमेरिका जापान सरकारलाई सहयोग गर्ने पक्षमा दृढ रहेको छ ।

उनले एक जापानी शब्दलाई विवादित टापुहरूसँग जोड्दै भने जसलाई चीनमा दियाओयु भनिन्छ, त्यो वर्षमा ३६५ दिन २४ घण्टा र हप्ताको सात दिन अमेरिका जापानलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?