काठमाडौं । सुदूरपश्चिमलाई थलो बनाएर गरिब र किसानका पक्षमा सङ्घर्ष गरेका शहीद भीमदत्त पन्तको शनिबार ६८औँ स्मृति दिवस मनाउँदैछ । उनले जन्मस्थल डडेल्धुरादेखि कञ्चनपुरको भीमदत्तनगरसम्म सालिकमा माल्यार्पणदेखि विविध कार्यक्रम गरी मनाउँदैछ ।
‘कि त जोत हलो कि त छोड थलो,
यदि हैन भने अब छैन् भलो’
भन्ने नारा दिएर किसानका पक्षमा सामन्तविरुद्ध सशस्त्र आन्दोलन गर्दै जीवनको आहुति दिएका क्रान्तिकारी नेता भीमदत्त पन्तलाई शब्दमा मात्रै चिन्ने गरिएको छ । नेता पन्तलाई आदर्श मान्दै आएका राजनीतिक पार्टीले सडकमा हुँदा उनलाई सम्झने र सत्तामा गएपछि बिर्सने परिपाटीले गर्दा भूमिहीनलगायत उपेक्षित समुदायले अझै न्याय पाउन नसकेको भूमि अधिकारकर्मी रामबहादुर चुनाराले बताए ।
“यहाँका गरिबको हकअधिकार र व्यवस्थापन पूरा गर्ने सपना थियो”, उनले भने, “उनको बाटोमा हामी हिँडिरहने छौँ ।” भूमि अधिकार मञ्चले आज उहाँ ६० जिल्लामा विविध गरी सम्झिँदैछ । भूमि अधिकार मञ्च कञ्चनपुरको संयोजकसमेत रहेका चुनाराले कोरोना सङ्क्रमण कारण स्मृति दिवसमा औपचारिक कार्यक्रम गर्न सएिको बताए ।
“कञ्चनपुरमा मात्रै गाउँ भूमि अधिकार मञ्चले ३६ वटा स्थानमा वृक्षरोपण गरिँदै”, उनले भने । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त पार्कमा रहेको पन्तको शालिकमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, सुदूरपश्चिम प्रदेशसभाका सदस्य लालबहादुर खड्का, महेशदत्त जोशी र मानबहादुर सुनार तथा भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टलगायतले माल्यार्पण गरे ।
महेन्द्रनगरस्थित अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष खेम सुवेदीले उनले देखाएको बाटोमा हामी निरन्तर लाग्नुपर्ने सबैको जोड रहेको बताए। “उहाँले देखाएको बाटो राजनीतिक दलले व्यवहारमा उतार्न सकेको देखिएन”, प्रतिष्ठानका अध्यक्ष सुवेदीले भने, “शहीद पन्तले देखाएको मार्गमा हिँड्न सके मात्रै उहाँप्रति सच्चा सश्रञ्जलि हुनेछ ।” मन्त्रीसहितको टोलीले यहाँको नवनिर्मित भवन परिसरमा वृक्षरोपणसमेत सो अवसरमा गरेका छन् ।
डडेल्धुराको कारीगाउँमा विसं १९८३ मङ्सिर १० गते उनी आमा सरस्वती र बुवा तारनाथका सुपुत्रका रुपमा जन्मेका थिए । उनको विसं २०१० साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा मगरका घरमा खाना पकाउन लागेका बेला टाउको काटेर हत्या गरिएको थियो । काटेको टाउको बाँसको टुप्पामा झुण्ड्याइ राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो । पन्तले सामन्तीप्रथा उन्मूलन र छुवाछुतविरुद्धको आन्दोलन सशक्तरुपमा उठान गरी चेतना छर्ने कार्यका लागि सशस्त्र आन्दोलनको शुरुआत गरेका थिए ।
सामन्तका घरबाट तमसुक फाड्ने तमसुक फट्टाकाण्ड, ब्रह्मदेव नुनकाण्ड उनका चर्चित काण्ड थिए । सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पन्त नै थिए । अन्याय र सामाजिक भेदभाव सहन नसक्ने पन्तले विसं २००७ देखि आन्दोलनको शुरुआत गरेका थिए । परिवर्तनका पक्षमा स्पष्ट अडान भएका पन्तले दलित, मगर र थारु सङ्गठित गरी मुक्ति सेना गठन गरेका थिए । नेपालगञ्जका गौरीलाल र रुपसिंह सेनाका कमाण्डर थिए । विसं २०७२ फागुनमा सरकारले पन्तसहित किसान विद्रोहका २२ नेतालाई शहीद घोषणा गरेको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया