सबै भन्दा धेरै संक्रमित भएका अमेरिकाको यस्तो छ पछिल्लो कोरोना अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ६ लाख ७७ हजार १८३ जनाको मृत्यु भईसकेको छ भने १ करोड ७४ लाख ९९ हजार ७५० जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ९५ लाख ६ हजार ५२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६६ हजार ३५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५५ हजार २ सय ८५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २९ हजार ३ सय २२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४६ लाख ३४ हजार ९ सय ८५ पुगेको छ ।

हालसम्म २२ लाख ८४ हजार ९ सय ६५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ७ सय ८३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?