यस्तो छ अमेरिकाको पछिल्लो कोरोना अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ७२ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ७३ लाख २८ हजार ९ सय जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ८ लाख २३ हजार ७ सय ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ४ सय ४८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५५ हजार ४ सय ७२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २९ हजार ३ सय २२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४५ लाख ९७ हजार ३ सय ५९ पुगेको छ ।

हालसम्म २२ लाख ५१ हजार ६ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ८ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ६ सय ३२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?