यी ५ देशमा छन् सबै भन्दा धेरै संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ६६ हजार १ सय ३२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ७० लाख ३६ हजार ७० जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ५ लाख ५७ हजार ६ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ५ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५२ हजार ८ सय ६२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २६ हजार १ सय ७२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४५ लाख २४ हजार ५ सय १५ पुगेको छ । हालसम्म २२ लाख ८ हजार ४ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १९ हजार १४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ७१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १४ हजार १९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २४ लाख ९८ हजार ६ सय ६८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ८ हजार ७ सय ९२ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १७ लाख २१ हजार ५ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ५८ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३५ हजार पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १५ लाख ४ हजार २ सय १९ पुगेको छ । हालसम्म १० लाख २० हजार ३ सय ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ७६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार ६ सय ७३ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ४ सय ७५ जनामा कोरोना पुष्टि भएको र १ सय ६९ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख २८ सय ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख २० हजार ३ सय ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ हजार २ सय ५७ पुगेको छ । हालसम्म ४ लाख ५९ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?