काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि ट्वीटरले उनका छोराको पोस्टमा आपत्ति जनाएको छ ।
ट्रम्प पुत्र जुनियर ट्रम्पलाई कारवाही स्वरुप ट्वीटरले १२ घण्टाका लागि अकाउण्टमा प्रतिबन्ध लगाएको हो ।
पिता ट्रम्पको औषधिको लागि मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्वीनको तारीफ गरेको भन्दै उनलाई प्रतिबन्ध लगाईएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
डब्ल्यूएचओले यो औषधिको प्रयोगमा प्रतिबन्ध लगाइसके पनि ट्रमप पुत्र जुनियर ट्रम्पले यसको तारिफ गरेका थिए ।
बिरामीलाई खतरा हुने औषधिको तारिफ गरेको भन्दै उनको अकाउण्ट १२ घण्टाका लागि बन्द गरिदिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया