काठमाडौं । भारतमा फ्रान्सबाट पाँच राफेल विमान भारतमा प्रवेश गरेका छन् । फ्रान्सबाट उडेका पाँच राफेल लडाकू विमान यूएई हुँदै आज भारत प्रवेश गरेका हुन् ।
भारतले फ्रान्ससँग ३६ वटा राफेल विमान किनेको छ । जसमध्ये पहिलो चरणमा पाँच वटा विमान भारत आएका हुन् ।
पाँचै वटा राफेल विमान एक साथ भारतको आकाशमा आईरहेको यो भिडियो भारतीय रक्षामन्त्रालयको पेजबाट सार्वजनिक भएको हो ।
The Birds have entered the Indian airspace..Happy Landing in Ambala! @IAF_MCC pic.twitter.com/dh35pMDyYi
— रक्षा मंत्री कार्यालय/ RMO India (@DefenceMinIndia) July 29, 2020
अबको केहि घण्टामै राफेल विमान अम्बाला एयरपोर्टमा ल्याण्डिङ हुने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उक्त लडाकू विमानले सीमानामा बसेर पनि टाढाको शत्रुलाई निशाना बनाउन सक्छ ।
राफेल आउनु भन्दा अगाडि भारतमा सुरक्षाका लागि थप सतर्कता अपनाइएको छ ।
त्यहाँ एकै ठाउँमा धेरै जना जम्मा हुन नपाइने देखि त्यहाँबाट तीन किलोमिटरको क्षेत्रमा कुनै ड्रोनहरु उडाउन नपाईने नियम लागू गरिएको छ ।
एजेन्सीको सहयोगमा
The five Rafales escorted by 02 SU30 MKIs as they enter the Indian air space.@IAF_MCC pic.twitter.com/djpt16OqVd
— रक्षा मंत्री कार्यालय/ RMO India (@DefenceMinIndia) July 29, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया