काठमाडौं । राफेल लडाकू विमान आज भारतीय वायुसेनामा थपिँदैछन् ।
अहिले पाँच वटा राफेल लडाकू विमान भारतीय वायुसीमामा आईपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
युएईबाट आज उडान भरेका उक्त राफेल विमानले अम्बालाको एयरबेसमा आईपुगेका हुन् । फ्रान्सले पहिलो पटकमा पाँच लडाकू विमान भारतर्ला दिएको हो । भारतले ३६ वटा लडाकू विमान किनेको थियो ।
भारतमा राफेल विमान पहिलो पटक आएको हो । यसले सीमावर्ती क्षेत्रबाटै शत्रुलाई निशाना बनाउन सक्छ ।
राफेल विमानहरु अम्बालामा राखिने भएको छ । वायुसेना केन्द्रको नजिक कडा सुरक्षा दिइएको छ ।
साथै निषेधाज्ञा लागू गरिएको छ । त्यहाँ भिडियोग्राफी तथा फोटो खिच्न निषेध गरिएको छ ।
वायुसेना केन्द्रको ३ किलोमिटरको षेत्रमा ड्रोन उडाउन समेत प्रतिबन्ध लगाईएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उक्त क्षेत्रमा सुरक्षाको लागि १४४ धारा लगाईएको छ । त्यहाँ मानिसहरु एक ठाउँमा जम्मा हुन समेत प्रतिबन्ध लागेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया