भारतीय वायुसीमामा आईपुगे पाँच लडाकू राफेल विमान, नौसेनाले गरे स्वागत

काठमाडौं । राफेल लडाकू विमान आज भारतीय वायुसेनामा थपिँदैछन् ।

अहिले पाँच वटा राफेल लडाकू विमान भारतीय वायुसीमामा आईपुगेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

वायुसीमामा प्रवेश गरेपछि उनीहरुलाई भारतीय नौसेनाले स्वागत गरेको छ । युएईबाट आज उडान भरेका उक्त राफेल विमानले अम्बालाको एयरबेसमा आईपुगेका हुन् ।

फ्रान्सले पहिलो पटकमा पाँच लडाकू विमान भारतर्ला दिएको हो । भारतले ३६ वटा लडाकू विमान किनेको थियो ।

भारतमा राफेल विमान पहिलो पटक आएको हो । यसले सीमावर्ती क्षेत्रबाटै शत्रुलाई निशाना बनाउन सक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?