काठमाडौं । कोरोना भाइरसको कारण अहिले सारा विश्व ग्रस्त बनेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ लाख ६३ हजार ४६५ जनाको मृत्यु भएको छ भने १ करोड ६८ लाख ९३ हजार २९३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ४ लाख ५६ हजार ३७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार ४९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म १ लाख ५२ हजार ३२० जनाको मृत्यु भएको छ भने ४४ लाख ९८ हजार ३४३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २१ लाख ८५ हजार ८९४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २१ लाख ६० हजार १२९ जना स्वास्थ्योपचार गराईरहेका छन् ।
अमेरिकामा १८ हजार ९९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको क्यालिफोर्नियामा ४ लाख ७४ हजार८१९ जनालाई संक्रमण भएको छ भने ८ हजार ७१४ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ४ लाख ४१ हजार ९७७ जनालाई संक्रमण भएको छ भने ६ हजार ११९ जनाको मृत्यु भएको छ ।
त्यस्तै न्यूयोर्कमा ३२ हजार ७१९ जनाको मृत्यु भएको छ भने ४ लाख ४१ हजार २६२ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा मंगलवार मात्रै ६४ हजार ७२९ जना संक्रमित थपिएका छन् भने १ हजार २४५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया