काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ६ लाख ५६ हजार ४८८ जनाको मृत्यु भएको छ भने १ करोड ६६ लाख ४२ हजार २६४ जनालाई संक्रमण भएको छ भने १ करोड २ लाख ३१ हजार ५६७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार ५७३ जनाको स्वास्थ्इ अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ५० हजार ४४४ जनाको मृत्यु भएको छ भने ४४ लाख ३३ हजार ४१० जनालाई संक्रमण भएको छ ।
त्यस्तै त्यहाँ २१ लाख ३६ हजार ६०३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १९ हजार १०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा २१ लाख ४६ हजार ३६३ जना स्वास्थ्योपचार गराईरहेका छन् ।
अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म ४ लाख ६६ हजार ८२५ जनालाई संक्रमण भएको छ भने ८ हजार ५४५ जनाको मृत्यु भएको छ ।
त्यस्तै न्यूयोर्कमा अहिलेसम्म् ३२ हजार ७०८ जनाको मृत्यु भएके छ भने ४ लाख ४० हजार ४६२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ४ लाख ३२ हजार ७४७ जनालाई संक्रमण भएको छ भने ५ हजार ९३३ जनाको मृत्यु भएको छ ।
अमेरिकामा सोमवार मात्रै ६१ हजार ५७१ जनालाई संक्रमण भएको छ भने ५९६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया