काठमाडौं । बितेको २४ घण्टामा विश्वमा सबैभन्दा बढी भारतमा कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटरको तथ्यांक अनुसार २४ घण्टामा मात्र ४६ हजार १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १४ लाख ८२ हजार १ सय २० पुगेको छ ।
हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ४ सय ४८ पुगेको छ । हालसम्म ९ लाख ५१ हजार ६ सय ६५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ३६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया