अमेरिकामा कोरोना भयावह कायमै, १ लाख ५० हजार बढीको गयो ज्यान

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ५४ हजार ४४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ६५ लाख ३४ हजार ३ सय २२ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड १२ हजार ५ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ३ सय ९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५० हजार २७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २५ हजार ७४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४३ लाख ९६ हजार ९ सय १३ पुगेको छ ।

हालसम्म २१ लाख १ हजार ३ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ९ सय ९७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ७९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?