कोरोना महामारी : यस्तो छ साउदी अरबको पछिल्लो कोरोना अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ५४ हजार ४४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ६५ लाख ३४ हजार ३ सय २२ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड १२ हजार ५ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार ३ सय ९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण २ हजार ७ सय ६० जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख ६८ हजार ९ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै १ हजार ९ सय ३३ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा २ लाख २२ हजार ९ सय ३६ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २ हजार १ सय २६ जनाको अवस्था गम्भिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?