बुवासँग एक करोडको माग : पुरा नभएपछि अपहरणकारीद्वारा बालकको हत्या

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित गोरखपुरमा एक छात्रको अपहरण पछि हत्या भएको छ । बच्चलाई अपहरणकारीबाट मुक्त गराउने अप्रेशन चलाईरहेको स्पेशल टास्क फोर्स (एसटीएफ) ले बच्चाको शव भेट्टाएको हो ।

गोरखपुरका एक पान व्यापारीका छोरालाई अपहरणकारीले २६ जुलाईमा अपहरण गरेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अपहरणकारीले उनका बुवासँग एक करोड भारतीय रुपैयाँको माग गरेका थिए ।

समयमै पैसा नआइपुगेको र अविभावकले एसटीएफलाई खबर गरेको थाहा पाएपछि उक्त बालकको हत्या गरिएको भारतीय सञ्चारमाध्यहरुले बताएका छन् ।

आईतवार साँझ पाँच बजेको समय तिर बच्चाको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?