कोरोनासँगै अमेरिकामा अर्को भाइरस, ६ सय जना संक्रमित, कति राज्यमा फैलियो ?

काठमाडौं । कोरोना कहरकाबीच अमेरिकामा अर्को रोग देखिएको छ । जसका कारण अमेरिकामा सबै त्रसित बनेका छन् ।

कोरोनाबाट सबैभन्दा ग्रस्त रहेको अमेरिकामा नयाँ रोगका कारण ६०० जना बिरामी भएका छन् ।

साइक्लोस्पोरा सलाद खाँदा अमेरिकामा ६०० जना बिरामी भएका हुन् । यी सबै मानिस एक विशेष प्रकारको भाइरसबाट संक्रमित पाईएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । यो नयाँ भाइरसका कारण वैज्ञानिक पनि हैरान भएका छन् ।

यो नयाँ भाइरस अमेरिकाका ११ वटा राज्यमा फैलिएको छ । यो संक्रमण केहि मे र फेरी जुलाईमा जर्जिया, आयोवा, इलिनोइस, कन्सास, मिनेसोटा, मिसौरी, नेब्रास्का, नर्थ डकोटा, पेन्सिल्वेनिया, दक्षिण डकोटा र विस्कोन्सिससहित ११ राज्यमा फैलिएको छ । एफडीएले एक बयान जारी गर्दै सीडसिी र विस्कोन्सिनसहित ११ राज्यमा यो संक्रमण फैलिएको बताएको हो । यो सलादको उत्पत्तिकबाट जोडिएको हुनसक्ने बताइएको छ । अहिले यसको विषयलाई लिएर अनुसन्धान भईरहेको छ ।

यसैबीच कोरोनाका कारण अमेरिकामा अहिलेसम्म १ लाख ४९ हजार ८४९ जनाको मृत्यु भईसकेको छ भने ४३ लाख ७१ हजार ८३९ जनालाई संक्रमण भएको छ । त्यस्तै २० लाख ९० हजार १२९ जना संक्रमण मुक्त भएक छन् भने १८ हजार ९८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?