भारतले फेरी ४७ चिनियाँ ‘एप्स’को प्रयोगमाथि प्रतिबन्ध लगाउने

काठमाडौं । भारतले फेरी ४७ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यी एप्स केहि हप्ता पहिला प्रतिबन्ध लगाईएको एप्सको क्लोनको रुपमा काम गरिरहेका थिए ।

भारत सरकारले यो भन्दा पहिला पनि ५९ वटा एप्समा प्रतिबन्ध लगाएको थियो । जसमा केहि पपुलर एप्स समेत रहेका थिए ।

यीनमा टिकटक वी च्याटदेखि लिएर अली बाबाका एप्स यूसी न्यूज र यूसी ब्राउजर रहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार २५० चिनियाँ एप्स भातरमा प्रयोग भईरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अब भने केहि पपुलर गेम्ससहितका एप्समा प्रतिबन्ध लगाउन लागिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?