दक्षिण चीन सागर विवाद : इण्डोनेशियाले गर्यो शक्तिप्रदर्शन, चीनले दियो चेतावनी

काठमाडौं । दक्षिण चीन सागरमा चीन र अमेरिकाबीचको तनावग्रस्त अवस्थामा फेरी अर्को देश इण्डोनेशिया मिसिएको छ ।

इण्डोनेशियाले शक्ति प्रदर्शन गर्दै चीनविरुद्ध आफ्नो शक्ति देखाएको हो । इण्डोनेशियाले पनि अमेरिकाको जस्तै गरि दक्षिण चीन सागरमा आफ्नो सैन्य अभ्यास गरेर चीनलाई आफ्नो शक्ति प्रदर्शन गरेको हो । तर इण्डोनेशियाको युद्धाभ्यासमाथि आपत्ति जनाउँदै चीनले चेतावनी दिएके छ ।

दक्षिण चीन सागरमा इण्डोनेशियाले आफ्ना जंगी जहाम र युद्धपोतलाई समुन्द्रमा उतारेर युद्धाभ्यास गरेको हो ।

उसले चार दिवसीय युद्धाभ्यास शुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । यो भन्दा पहिला पनि चीनको दाबीलाई इण्डोनेशियाले नकार्दै आईरहेको छ ।

इण्डोनेशियाली सञ्चारमाध्यमका अनुसार, नटुआ द्वीपको नजिक यो युद्धाभ्यास आयोजित भएको थियो ।

यो युद्धाभ्यासमा २४ युद्धपोतले भाग लिएका थिए । यसमा दुई मिसाइल डिस्ट्रोयर र चार एस्कोर्ट वेसल रहेका थिए ।

चीनले यो द्वीप आफ्नो भएको बताउँदै आएको छ भने इण्डोनेशियाले उक्त द्वीपमा आफ्नो दाबी गर्दै आएको छ ।

त्यहाँ चीनका पेट्रोद वेसल पनि सुरक्षाका लागि तैनाथ रहेका छन् । इण्डोनेशियाले पनि आफ्नो नौसेना झनै बढाउँदै गएको छ ।

चीनले इण्डोनेशियालाई यो कदमले शान्ति क्षेत्रमा खतरा पुग्ने भन्दै सतर्क रहन चेतावनी दिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?