काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ५२ हजार ३९ जनाको मृत्यु भएको छ भने १ करोड ६४ लाख १२ हजार ७९४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ४२ हजार ३६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३२ हजार ८१२ जनाको मृत्यु भएको छ भने १४ लाख ३६ हजार १९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ९ लाख १८ हजार ७३५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा ४ लाख ८४ हजार ४७२ जना स्वास्थ्योपचार गराईरहेका छन् । भारतमा आईतवार मात्रै अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।
त्यहाँ आईतवार ५० हजार ५२५ जना संक्रमित थपिएका हुन् भने ७१६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया