काठमाडौं । भियतनाममा कोरोना संक्रमण नदेखिएको तीन महिना पछि फेरी एक जनालाई कोरोना संक्रमण देखिएको छ ।
५७ वर्षका उक्त व्यक्तिलाई परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो ।
खोकी र ज्वरो आएपछि कोरोना परीक्षण गराउन बिहीवार अस्पताल पुगेका उनमा परीक्षणका क्रममा उनमा कोरोना देखिएको हो ।
अहिले भियतनाममा ४१८ जनालाई संक्रमण भएको छ भने ३६५ जना संक्रमण मुक्त भएका छन् ।
कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा ६ लाख ४८ हजार ८१९ जनाको मृत्यु भएको छ भने १ करोड ६२ लाख २३ हजार ८४२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ९९ लाख २५ हजार ९१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार १८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया