काठमाडौं । कोरोना भाइरसको विषयमा उत्तर कोरियाले शुरु देखि नै आफ्नो देशमा कसैलाई पनि कोरोना संक्रमण नभएको बताएको थियो ।
उत्तर कोरियाका तानाशाह किम जोङ उनले लगातार उत्तर कोरियामा कोरोना संक्रमण नभएको बताएका थिए । तर उनको उक्त दाबी माथि अब प्रश्न उठ्न थालेको छ । उत्तर कोरियाको स्थानीय मिडियाका अनुसार शुक्रवार त्यहाँको केसोंग शहरमा लकडाउनको घोषणा गरिएको थियो ।
त्यहाँ एक व्यक्तिलाई कोरोना संक्रमण भएपछि लकडाउन गरिएको स्थानीय स१चारमाध्यमहरुले बताएका छन् ।
उक्त व्यक्ति गएको हप्तामा मात्रै गैर कानूनीरुपमा सीमा पार गरेर त्यहाँ पुगेका थिए ।
यदि उक्त व्यक्तिलाई आधिकारिक रुपमा कोरोना भएको घोषण गरियो भने यो केस उत्तर कोरियामा पहिलो हुनेछ ।
उक्त व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ । उत्तर कोरियामा कोरोनाका कारण लकडाउन लागेको यो पहिलोपटक हो ।
विदेशी विशेषज्ञका अनुसार उत्तर कोरियामा कोरोना भाइरस फैलिएको गम्भीर नतिजा देखिएको छ ।
किमले २४ जुलाईमा केसांग शहर लकडाउन गर्न आदेश दिएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया