कोरोना महामारी : सबै भन्दा धेरै कोरोना संक्रमित भएका यी ५ देश

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ४५ हजार १४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ६० लाख ६२ हजार १ सय ५३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ९८ लाख २१ हजार ३ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार १ सय ७३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४८ हजार ९ सय ६७ जनाको ज्यान गइसकेको छ ।

बितेको २४ घण्टामा २९ हजार ७ सय ४० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४२ लाख ७८ हजार ६७ पुगेको छ । हालसम्म २० लाख ३६ हजार ७ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १९ हजार ६९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ७७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या २३ लाख ४८ हजार २ सय पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ५ हजार ३ सय ८५ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १५ लाख ९२ हजार २ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा ब्राजिलमा कोरोनाको कुनै असर नदेखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३२ हजार ८९ पुगेको छ । बितेको २४ घण्टामा ४६ हजार ८ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १३ लाख ८३ हजार ८ सय ५४ पुगेको छ ।

हालसम्म ८ लाख ८४ हजार ६ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ८३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार १ सय ९२ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ८ सय ७१ जनामा कोरोना पुष्टि भएको र १ सय ४६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

हालसम्म ८ लाख ६ हजार ७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ९७ हजार १ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३ सय ४३ पुगेको छ । हालसम्म ४ लाख २१ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ । भने संक्रमितमध्ये २ लाख ४५ हजार ७ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?