काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ४५ हजार १४ जनाको ज्यान गएको छ ।
हालसम्म विश्वभरका १ करोड ६० लाख ६२ हजार १ सय ५३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ९८ लाख २१ हजार ३ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार १ सय ७३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४८ हजार ९ सय ६७ जनाको ज्यान गइसकेको छ ।
बितेको २४ घण्टामा २९ हजार ७ सय ४० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४२ लाख ७८ हजार ६७ पुगेको छ ।
हालसम्म २० लाख ३६ हजार ७ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १९ हजार ६९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ७७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया