काठमाडौं । भारतले कोरोना भाइरसको परीक्षण क्षमता बढाउँदै लगेको छ । शुक्रबार एक दिनमै ४ लाख २० हजारभन्दा धेरै परीक्षण गरेको छ ।
त्यस्तै, भारतमा कोरोनाबाट मर्ने व्यक्तिको दरमा पनि ठूलो गिरावट आएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार प्रयोगशालाहरुको संख्या वृद्धि हुँदा धेरैभन्दा धेरै परीक्षण संभव भइरहेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा १ करोड ६० लाखको कोरोना परीक्षण भइसकेको छ । कोरोनाबाट मर्नेको संख्या ठूलो कमी आएको छ र भारतमा अहिले कोरोनाको मृत्युदर २ दशमलव ३५ प्रतिशतमा घटेको छ ।
भारतमा जनवरीमा बिरामीको नमूना परीक्षणका लागि केवल एक प्रयोगशाला उपलब्ध थियो, तर अब यो संख्या बढेर १ हजार ३ सय १ पुुगेको छ । जसमा निजी प्रयोगशाला पनि समावेश छन् ।
स्थास्थ्य मन्त्रालयका अनुसार आईसीएमआरद्धारा संशोधित दिशा निर्देश र राज्य सरकारहरुको चौतर्फी प्रयासका कारण परीक्षणमा धेरै सहयोग मिलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया