इन्डोनेसियाका राष्ट्रपतिको कोरोना परीक्षणको नतिजा सार्वजनिक

जाकार्ता । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको कोरोना परीक्षण गरिएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको आशंकामा उनको कोरोना परीक्षण गरिएको अधिकारीले जानकारी दिएका छन् । परीक्षणपछिको नतिजा अनुसार उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छैन ।

“नतिजा राम्रो आयो, भगवानलाई धन्यवाद छ, राष्ट्रपति स्वस्थ हुनुहुन्छ,” राष्ट्रपतिको सचिवालयका प्रमुख बुडी हार्टोनोले सञ्चारमाध्यमसँग भने ।

कोरोना परीक्षणका लागि राष्ट्रपति विडोडाको स्वाव शुक्रवार दिउसो संकलन गरिएको पनि हार्टोनोले शनिवार जानकारी दिए।

उनलाई भेट्न गएका अर्का एक नेतालाई कोरोनाभाइरसको सङ्क्रमण देखिएकाले राष्ट्रपतिलाई पनि सरेको हुनसक्ने आशंकाले उनको परीक्षण गरिएको हो ।

राष्ट्रपति कार्यालयमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिनेगरी उच्च सतर्कता अपनाइएकाले उनलाई नसरेको अधिकारीले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?