कोरोना बढेपछि इजरायलमा प्रदर्शन, प्रधानमन्त्रीको घर जाने बाटो रोकियो

काठमाडौं । कोरोना भाइरसको प्रकोप अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

दिनदिनै यसको संक्रमण झनै तीव्र गतिले बढीरहेको छ । इजरायलमा पनि कोरोना भाइरसका कारण ४४८ जनाको मृत्यु भएको छ भने ५९ हजार ४७५ जनालाई संक्रमण भएको छ ।

यसैबीच यहि विषयलाई लिएर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घर अगाडि हजारौँ युवाहरुले सडकमा तीन रात यता प्रदर्शन गरिरहेका छन् । उनीहरुले प््धानमन्त्रीले कोरोनालाई राम्रोसँग डील गर्न नसकेको आरोप छ ।

उनीहरुले नेतान्याहूको राजिनामा माग गर्दै सडक बन्द गराएका छन् । अहिलेका प्रदर्शनकारहिरु सबैभन्दा धेरै युवाहरु रहेको बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?