काठमाडौं । अमेरिका पछि चीनलाई च्यालेन्ज दिन बेलायत आएको छ ।
दक्षिण चीन सागरमा अमेरिकाले आफ्नो सैन्य गस्ती बडाईरहेका बेला बेलायत पनि चीनलाई च्यालेन्ज दिन भन्दै लद्दाखको भारत चीन विवादित क्षेत्रमा प्रवेश गर्न खोजेको छ ।
जसकारण चीनले बेलायतलाई चेतावनी दिएको हो । चीनले बेलायतलाई चीनको आन्तरिक मामिलाका विषयहरुमा र विशेष गरेर विवादित क्षेत्र लद्दाखमा नपर्न भन्दै बेलायतलाई चेतावनी दिएको छ ।
चीनले भनेको छ, यो हाम्रो दुई देशबीचको मामिला हो, हामी भारतसँग छलफल गरेर यो समस्या समाधान गर्नेछौँ ।
बिहीवार भारतमा बेलायतका उच्चायुक्त फिलिप बार्टनले लद्दाखको विषय र चीनको गतिविधिलाई लिएर चिन्ता व्यक्त गरेका थिए ।
जसमाथि चीनले यो प्रतिक्रिया दिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया