काठमाडौं । कोरोना भाइरसको महामारी जतातै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबिाट विश्वमा १ करोड ५९ लाख ३९ हजार १७५ जनालाई संक्रमण भएको छ भने ६ लाख ४२ हजार ६२२ जनाको मृत्यु भएको छ ।
त्यस्तै ९७ लाख २३ हजार ३६५ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ लाख ४८ हजार ४९० जनाको मृत्यु भएको छ भने ४२ लाख ४८ हजार ३२७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २० लाख २८ हजार ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १९ हजार ९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार ६६५ जनाको मृत्यु भएको छ भने ४ लाख ३८ हजार ४३५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा ८ हजार ३३७ जनाको मृत्यु भएको छ भने ४ लाख ४२ हजार ९३८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ४ लाख २ हजार ३१२ जनालाई संक्रमण भएको छ भने ५ हजार ६५३ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा शुक्रवार आज सम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
त्यहाँ शुक्रवार मात्रै ७८ हजार ९ जनालाई संक्रमण भएको छ भने १ हजार १४१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया