कोरोना कहर : ब्राजिलको अवस्था भयावह, एकैदिनमा यति धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ६ लाख ३६ हजार ४६४ जनाको मृत्यु भएको छ भने १ करोड ५६ लाख ५१ हजार ६०५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९५ लाख ३५ हजार २०६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म ८४ हजार २०७ जनाको मृत्यु भएको छ भने २२ लाख ८९ हजार ९५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १५ लाख ७० हजार २३७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा बिहीवार मात्रै ५८ हजार ८० जना संक्रमित थपिएका छन् भने १ हजार ३१७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?