काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ३२ हजार ८ सय २३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ५५ लाख ९ हजार ७ सय ५७ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट ९४ लाख ३९ हजार ७ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार २ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४६ हजार ६ सय ६५ जनाको ज्यान गइसकेको छ ।
बितेको २४ घण्टामा २८ हजार ५ सय ३० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४१ लाख २९ हजार ४ सय ५ पुगेको छ । हालसम्म १९ लाख ५३ हजार ९ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार १ सय ६१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ८ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया